भूकम्प पीडितका लागि सरकारी कोषमा एक महिनाको तलब दिने प्रदीप पौडेलको घोषणा

0
5

काठमाडौँ- संघीय सांसद् तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भूकम्प पीडितका लागि सरकारी राहत तथा पुर्नस्थापना कोषमा एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत सांसद् पौडेलले आफुले सांसद्को रुपमा पाउने एक महिनाको तलब राहत कोषलाई दिने घोषणा गरेका हुन् । २०७२ सालको महाभूकम्पपछि पौडेलले आफ्नो नेतृत्वमा देशभर झण्डै एक हजार अस्थायी घर टहरा निर्माण गरेका थिए ।

पौडेलले लेखेका छन्, “संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको खबरले अत्यन्तै दुखित बनाएको छ।”

“यस्तो विपत्तिको समयमा भुकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउँन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु र राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमा हार्दिक अनुरोध समेत गर्दछु,” उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here