यूएईविरुद्ध शानदार जित निकाल्दै नेपाल विश्वकपमा छनोट

0
4

काठमाडौं- टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको जवाफी लक्ष्य पछ्याएको नेपालले १७ दशमलव १ ओभरमा मात्र २ विकेग गुमाएर लक्ष्य पूरा गर्दै यस्एईलाई ८ विकेटले हराउँदै सनु् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट पक्का गरेको हो ।

नेपाललाई विश्वकपमा छनोट गराउन निर्णायक आजको खेलमा ओपनर आशिफ शेखले शानदार प्रदर्शन गरे । उनले नटआउट रहँदै ६३ रन बनाए । ५० बलमा ६ चौका र २ छक्का हिर्काउँदै उनले नेपाललाई विश्वकपमा छनोट पक्का गरेका थिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले नटआउट रहँदै ३५ रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे । गुल्सन झा २२ रन बनाएर आउट हुँदा ओपनर कुशल भूर्तेल ११ रनमा आउट र्भ ।

बलिङतर्फ यूएईका बसिल हमिद र निलांश केसवानीले समान १ विकेट लिए ।
यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन जोडेको थियो । उसका लागि भृत्य अरविन्दले सर्वाधिक ६४ र कप्तान म्हमद वसिमले २४ रन बनाएपनि हार टार्न भने सकेनन् ।

बलिङतर्फ नेपालका कुशल मल्लले किफायती बलिङ गर्दै तीन विकेट लिए । ३ ओभर बलिङ गरेका मल्लले ११ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र रोहित पौडेको नाममा समान १ विकेट रह्यो ।

नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् । २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।

टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here