आजदेखि सरकारी कार्यालय ४ बजे बन्द हुने

0
5

काठमाडौं- आजदेखि सरकारी कार्यालयको सेवा ४ बजे बन्द हुने भएको छ। कात्तिक १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाको भन्दा एक घण्टा अघि हुने नियम छ । जसअनुसार बिहीबारदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुनेछन् । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालय खुल्ने छन् । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here