यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

0
7

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा रहेको छ । यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here