जिप दुर्घटनामा परि गुल्मीमा एकजनाको मृत्यु

0
30

काठमाडौं- गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराती कालिगण्डकी गाउँपालिका–३ साविक जयखानी गाविसको उकालोमा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परि सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको पाल्पा मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिकको मृत्यु भएको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले अर्का एक जना सामान्य घाईते भएको जानकारी दिएका छन् । जिप चालकलाई भने नियन्त्रणमा लिईएको र घटनाको थप विवरण आउन बाँकी रहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here