भारतीय सयपत्री फूलको माला आयातमा प्रतिबन्ध

0
7

काठमाडौँ- यस वर्षको तिहार लक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।

तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयातमा प्रतिबन्ध लगाइएको हो । विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो । तर, यसपालि नेपालमै पुष्पखेती राम्रो भएको केन्द्रले जनाएको छ ।

यस वर्ष तिहारमा झण्डै ४० लाख सयपत्री माला खपत हुने अनुमान गरिएको छ । त्यस्तै, चार लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार मिक्स माला खपत हुने फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here