राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

0
258

जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई राष्ट्रपति विद्यादेवी भण्डारीआज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेश फर्किएकी छिन् ।
राष्ट्रपति भण्डारीलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका थिए ।
राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here