बागमती किनारमा एक युवक मृत फेला

0
4

काठमाडौं- काठमाडौंको बागमती किनारमा एक युवक मृत भेटिएका छन्। बुधबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका-३१ बानेश्वर तरकारी बजार अगाडि बागमती किनार झाडीमा युवक मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको प्रहरीले जनाएको छ । उनको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । घटनास्थलबाट प्रयोग भएको सिरिञ्ज पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट शरीरमा अन्य चोट नदेखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले मृतकको फोन पनि बरामद गरेको छ। घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि आज बिहान साढे ८ बजे महाराजगंजस्थित शिक्षण अस्पताल पठाएको छ। मृत्युको कारण पोष्टमर्टमको रिपोर्टबाट खुल्ने प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here