३ लाख ८० हजारमै आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

0
5

काठमाडौं- यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एफजेड भी३ को स्ट्यान्डर्ड भेरिएन्ट नेपाल ल्याएको छ । सो नयाँ मोटरसाइकलााई कम्पनीले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो । बीएस६ एफआई इन्जिन लागेर आएको यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यामाहाको उत्कृष्ट रेसिङ हेरिटेजबाट प्रेरित यो नयाँ स्पोर्टी मोटरसाइकलमा १४९ सिसी एयर कुल्ड फोर स्ट्रोक ब्लुकोर इन्जिन जडान गरिएको छ । जसको अधिकत पावर १२.४ पिएस र टर्क १३.३ एनएम रहेको छ । एफआई इन्जिन जडान गरिएका कारण यसले प्रतिलिटर पेट्रोलको खपतमा ५० किलोमिटरसम्म माइलेज दिने दावी गरिएको छ । यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम रहेको छ ।

यो नयाँ बाइकमा यामाहाले ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्यूल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प जस्ता फिचर सामेल भएको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर दिएको छ । यसलाई कम्पनीले राइडर केन्द्रित टेक्नोलोजीमा आधारित भई निर्माण गरेको कम्पनीले जनाएको छ ।

अगाडी ४१ एमएमको टेलिस्कोपिक सस्पेन्सन र पछाडी ७ स्टेप एड्जस्टेवल मोनोक्रस सस्पेन्सन जडान गरिएको यो मोटरसाइकल आरामदायी रहेको छ । सुरक्षाका लागी यसको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । यो नयाँ बाइकले यामाहाको स्पोर्टीनेस, स्टाइल र एक्साइटमेन्टलाई झल्काउने एमएडब्लु टु ह्विलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here