दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपाली

0
18

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी ‘क्लासिक टेक’ ले दशैँ, तिहार लक्षित याेजना सार्वजनिक गरेकाे छ । याेजनाअन्तर्गत ‘क्लासिक टेक’ मा आबद्ध हुन चाहने नयाँ ग्राहकले २०० र ३०० एमबीपीएस इन्टरनेट ९०७ र १ हजार १७७ रुपैयाँमा पाउने सक्ने छन् । अफरअन्तर्गत ‘जेडटीई’ को ५जीएचजेड राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाइने र अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा ‘सेकेन्डरी’ राउटर प्रदान गरिने कम्पनीले जनाएको छ । ‘क्लासिक टेक’ ले ‘काराे टेल’ कम्पनीसँग ‘भिडियाेकन’ को स्मार्ट टिभी सेट बिक्रीका लागि साझेदारी गर्ने भएको छ । गएकाे वर्षजस्तै कम्पनीले ‘भिडियाेकन’ को ३२ र ४३ इन्चकाे स्मार्ट टिभी सेट बजारको मूल्यभन्दा निकै कम समायोजित मूल्यमा दिने पनि जनाएकाे छ । ‘भिडियाेकन’ काे ३२ इन्च स्मार्ट टिभी १९ हजार १३१ र ४३ इन्च स्मार्ट टिभी २८ हजार ७०१ रुपैयाँमा पाइने कम्पनीले जनाएकाे छ ।

‘क्लासिक टेक’ ले विद्यमान सेवाग्राहीका लागि समेत विशेष याेजना ल्याएको छ । ग्राहकले २५० एमबीपीएस इन्टरनेटकाे वार्षिक नवीकरणमा ५०० एमबीपीएस गतिकाे इन्टरनेट पाउने र १२ महिनाकाे रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था रहेको विज्ञप्तिमा जनाइएकाे छ । वार्षिक रिचार्जमा पनि ‘जेडटीई’ काे ५जीएचजेड राउटर सुपथ मूल्यमा लिने सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here