पक्राउ परे विप्लव नेता लोहोनी

0
12

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट उनी पक्राउ गरेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो ।
लोहनी विप्लव समूहको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै पार्टीबाट विदाई गरिएको थियो ।
लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान समेत दिएका छन् । उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here