दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिला पक्राउ

0
101

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिलालाई पक्राउ गरी दिल्लीमै ल्याइएको छ । कुवेतबाट पक्राउ गरी फर्काइएका नेपाली महिलाको नाम लक्ष्मी, शोभा र रुपा रहेको जनाइए पनि उनीहरुको थर र ठेगाना भने नखुलाइएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन।
यस्तै भारतीय अखबार ‘अमर उजाला’ले जनाएअनुसार तीनैजना नेपाली महिला अवैध रुपमा दिल्लीबाट कुवेत पुगेका थिए । नेपाल एयरलाइन्सको विमानबाट उनीहरु दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र विमानस्थलबाट सोझै कुवेत जाने अर्को विमानमा चढेको बताइएको छ ।
अध्यागमनको आवश्यक प्रक्रिया पूरा नगरी उनीहरुले फर्जी कागजात प्रयोग गरेको समेत जनाइएको छ । उनीहरुसँग खाडी देश जानका लागि कुनैपनि आधिकारिक कागजपत्र नरहेको समाचारमा उल्लेख गरिएको छ ।
उनीहरुलाई अवैध रुपमा कुवेत पुर्याउन नेपाल एयरलाइन्सका कर्मचारीको समेत भूमिका हुन सक्ने आशंकामा छानविन भइरहेको भारतीय अखबार ‘अमर उजाला’ दैनिकले जनाएको छ ।
कीर्ते प्रक्रियाबाट कुवेत पुगेका उनीहरुलाई आवश्यक कारवाहीका लागि दिल्ली फर्काइएको छ । उनीहरु कुवेत पुगेपछि फन्दामा परेका थिए ।
ती महिला हाल भने दिल्ली प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुसँग सोधपुछ भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here