सल्यानमा तरकारी बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु

0
4

काठमाडौं – सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा जीप दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा थप तीन जना घाइते भएका छन् । जीप सडकबाट साढे तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here