पारस खड्काले गरे क्यानको सचिवमा उम्मेदवारी दिने घोषणा

0
8

काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा बागमती प्रदेश अध्यक्ष पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छ्न । आजबाट सुरु भएको क्यानको अधिवेशन भोलिसम्म चल्नेछ । क्यानको अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सचिवमा भने पूर्व कप्तान पारस सर्वसम्मत हुने संभावना बलियो रहेको स्रोतको दाबी छ । क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here