शिक्षकको आन्दोलनमा खानेपानी र फोहोरको व्यवस्थापनमा जुट्यो रमेशबाबुको टिम

0
3

काठमाडौं- नेपाल शिक्षक संघका तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले हालै सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक २०८० प्रति असहमति जनाउँदैं आएका आन्दोलित शिक्षकहरुका लागि खानेपानीको व्यवस्थापन गरेका छन् । गत बुधबार देखि माईतीघर, बानेश्वर क्षेत्रमा जारी आनदोलित रहेका शिक्षक र सुरक्षामा खटिएका सुरक्षा कर्मचारीलाई खानेपानीको व्यवस्थापन गरेका हुन्।

यस्तै आन्दोलनमा खटिएका शिक्षकहरुले गरेको फोहोर ब्यवस्थापनमा पनि भट्टराईकै टिक सक्रियता साथ लागिरहेको छ । फोहोर व्यवस्थापन टिममा खटेका अर्का शिक्षक नारायण पोखरेलका अनुसार आन्दोलन सकिएपछि आफूहरु फोहोर व्यवस्थापनमा खट्ने गरेको बताए।

भट्टराईका अनुसार आन्दोलन अवधिभर पानी, एम्बुलेन्स तथा फोहर व्यवस्थापन आफूले गरिदिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here