रुवायो टिकामालाले, करोडौँ नेपालीको मन जित्दै एक यथार्थपरक कहानी,

0
338

विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा अत्यन्तै मार्मिक तिहार गीत ”टिका माला” प्रकाशनमा आएको छ । जुन गीतमा लगानी पनि विन्ध्यवासिनी म्युजिककै रहेको बुझिएको छ । यथार्थ अनि मौलिक शब्दहरुले सिंगारिएको उक्त गीतलाई लोकप्रिय गीतकार रमेश बिजीले रचना गरेका हुन् , जसमा संगीत अनि संगीत संयोजन लोकप्रिय संगीतकार बीबी अनुरागिको रहेको छ , आवाज बरिष्ठ गायक रामकृष्ण ढकालको रहेको छ ।

न गलामा फूलको माला न निधारमा टिका
यस पाली नि झ-यो दिदी बर्बर आँशु ढिका

एउटै कोखमा नजन्मिए छैनन् भन्न हुन्थ्यो
नाता टुटाई गए पनि हैनन् भन्न हुन्थ्यो
कर्मको भाइ बिर्सिएर धर्मको भाइ बनाईछौ रे
यता मलाई रुवाएर उता तिहार मनाईछौ रे

न गलामा फूलको माला ……

साँच्चैनै मुटु रेटेर आँखाबाट आँशु निकालिदिने यी शब्दहरु र यस्तै शब्द हरुको संयोजनबाट बनेको गीत सुनेर आँशु नझार्ने मान्छेहरु सायदै हुन्छन होला । गीतकार बिजी नेपालका यस्ता सर्जक हुन् जो बिगत लामो समय देखि यस्तै सदाबहार अनि यथार्थपरक हजारौ गीतहरु रचना गरेर करोडौ जनको मन मनमा बस्दै आइरहेका छन् ।

झल्को आउँछ तेल लाएर कपाल कोर्दिएको
यमराजको बाटो छेक्न ओँखर फोर्दिएको
टिका माला देख्दा पनि उराठ लाउँदो रैछ
दिदी बहिनी नआएनी तिहार आउँदो रैछ

न गलामा फूलको माला ……….

अहिलेको यश तिहारको गीत सबै तवरबाट उत्तीकै सशक्त बनेको देख्न सकिन्छ । जुन गीतले सार्बजनिक भएको २ दिन नपुग्दै यो समाचार प्रकाशित हुदा सम्म करिब साढे पाचँ लाख दर्शक हरुको माया पाइसकेको छ । जसमा आफ्नो जिवन्त अभिनयले दर्शक हरुको मन जितिरहेका छन्, पछिल्लो पुस्ताका लोकप्रिय गायक एबम मोडल प्रकाश सपुत र सरिता लामिछानेले , यस्तै तनमन लगाएर भिडियो निर्देशन गरेका छन् नेपालकै सबैभन्दा ब्यस्त , अनि सबैभन्दा धेरै भिडियो निर्देशन गरिसकेका सफल अनि लोकप्रिय निर्देशक शंकर बिसीले ।

बा आमाले तिम्रै काखमा छोडेका हुन् दिदी
कुन मुटुले कठोर भयौ विघ्न यति विधि
मेरै निधार खाली किन दिदी हुँदा हुँदै
यसपालीको तिहार पनि गयो रुँदारुदै

न गलामा फूलकोमाला ….

बर्षौ सम्म दिदीको हातबाट तिहारको टिका आफ्नो निधारमा लगाउन नपाएको र अनेकौ समस्या बाट जेलिएर कुलत सम्म पुगेको भाइ र सोहि भाइले कुलत बाट नहटेसम्म आफु घर नफर्कने बाचा गरेकी उसको दिदिको बारेमा चित्रण गरेर यस गीतको भिडियो निर्माण गरिएको छ । तर बिवसताले स्वदेस अनि प्रदेश मा रहेका दाजुभाइ दिदीबहिनी हरुलाई पनि यश गीतले समेट्न खोजेको देख्न सकिन्छ । समग्र नेपालि हरुको कथा ब्यथा समेटेको यश गीतले छोटो समयमै अग्रज अनि अनुज कलाकार र समग्र दर्शहरुको पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।
गीतको भिडियोलाई शंकर बिसीको निर्देशनमा दुर्गा पौडेलले छायांकन गरेका हुन् भने नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।
यश उत्कृष्ट गीत अनि गीतसङ्ग सम्बन्धित सम्पूर्ण श्रष्टा कलाकार र प्राबिधिक , यति राम्रो गीतको निर्माण अनि बजार ब्यबस्थापन गरेको बिन्ध्यबासिनी म्युजिक प्रालिलाई हाम्रो तर्फदेखी अझ धेरै सफलताको शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
यश उत्कृष्ट गीतको भिडियो हेर्नको लागि कृपया तल दिएको लिंकमा क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here