घट्यो सुनको भाउ

0
3

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आठ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । मंगलबार प्रतिताला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला एक हजार ३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here