धरानका उपमेयर बेघाको घर तोडफोड गर्ने ८ जना पक्राउ

0
2

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको घर तोडफोड गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका केही अराजक समुहले बेघाको घर तोडफोड गरेका थिए।

उपमेयर बेघाका भाइ विष्णु बेघासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बेघासहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको आरोपमा उपमेयरका भाइ विष्णुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मङ्गलवार धरानमा भएको ग्याङ फाईटको अनुसन्धानका लागि विष्णुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उपमेयरका भाइ बिष्णुको समुह र सन्देश राईको समूहबीच झडप भएको थियो। दुबैतर्फको झडपमा खुकुरी प्रहारबाट सन्देश राई गम्भीर घाइते भएका छन्। शरीरका विभिन्न भागमा चोट लागेका उनको बीपी प्रतिस्ठानमा उपचार भैरहेको छ।

पक्राउ पर्नेमा सञ्जिव राई, सुरज तामाङ, मेनल तामाङ, राजकुमार लिम्बू, दिपेन्द्र राई, अमृत तामङ, अनिल राई रहेका एसपी रेग्मीले बताए। उपमेयर बेघाले आफ्नो घर आक्रमण गर्ने सबैलाई कडा कारवाही गर्न माग गरेका छन्।

विष्णुको समूहले कुटेका सन्देशको अवस्था चिन्ताजनक रहेको छ । सन्देशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको शरीरको कम्मरमा गहिरो चोट लागेको छ भने विष्णुको टाउको र अनुहारमा चोट लागेको छ ।

प्रहरीले विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई पक्राउ गरेको छ । सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here