मोरक्कोमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

0
6

काठमाडौं- मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । घाइते हुनेको सङ्ख्या पनि त्यो भन्दा धेरै रहेको छ । घाइतेमध्ये १४ सय धेरैको अवस्था गम्भीर रहेको मोरक्को सरकारलाई उद्धृत गरी बीबीसीले जनाएको छ । उनीहरुको उपचार भैरहेको छ । भूकम्पबाट ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसमा हजारौँ मानिस लामबद्ध भएका छन् ।

मध्य मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । स्थानीय समय अनुसार राति २३ः ११ मा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ ।

यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

सामाजिक सञ्जालमा धेरै अपुष्ट भिडियो शेयर भइरहेका छन् जसमा भूकम्पबाट क्षतिग्रस्त भवन र सडकमा छरिएका भग्नावशेष देखिन्छन् । स्थानीयहरूले भूकम्पबाट ‘बलियो कम्पन’ महसुस गरेको र ‘भवनहरू हल्लिरहेको’ देखेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here