कुन्दन काफ्लेले दिए बागमती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा

0
5

काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । काफ्लेले सामाजिक सञ्जालमार्फत आफूले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको बताएका छन्।

उनले भनेका छन्, ‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here