सन नेपाल लाइफको आईपीओ बाँडफाँड

0
8
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- सन नेपाल लाइफ इनस्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज नेपाल एसबिआई मर्चेन्ट बैंकिङले बाँडफाँड गरेको हो ।

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको ७६ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

आइपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको हो । यस अनुसार ७ लाख ६८ हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदकको हात खाली भएको छ ।

कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here