‘एअर ट्राफिक सिस्टम’मा समस्या आएपछि बेलायतमा हजारौँ उडान रद्द र ढिलाई

0
4

काठमाडौं- बेलायतमा एअर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौँ हवाई यात्रु प्रभावित भएका छन् । उडानहरू रद्द हुने तथा ढिलो गरी सञ्चालन भइरहेका छन् ।

बेलायतमा एअर ट्राफिक कन्ट्रोल गर्ने निकाय (नेट्स) ले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको र केही घण्टामै समस्या समाधान भए पनि सेवामा समस्या आएको जनाएको छ । राष्ट्रिय वायु ट्राफिक सेवाले अवतरण गर्न सक्ने विमानहरूको सङ्ख्या सीमित गरेको बीबीसीले जनाएको छ ।

हिथ्रो विमानस्थलले गएराति नै यात्रा गर्नुपर्ने यात्रुलाई विमानस्थलमा आउनुअघि एअरलाइन्स कम्पनीसँग सम्पर्क गर्न भनेको थियो । अन्य विमानस्थलका यात्रुलाई पनि यस्तै सल्लाह दिइएको छ ।

बीबीसीका अनुसार नेशनल एअर ट्राफिक सेवाले विमान अवतरणको संख्या सीमित गरेपछि यात्रुहरू बेलायत र विदेशमा अलपत्र छन् । यात्रुहरूलाई एअरपोर्टमा जानुअघि एअरलाइनसँग उडानको स्थिति जाँच गर्न सल्लाह दिइएको छ ।

राष्ट्रिय यातायात सेवा प्राधिकरणले यो समस्या पहिचान गरी समाधान गरेको र उडानहरू सामान्य लयमा फर्कन केही समय लाग्ने भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here