सार्बजनिक भयो रेग्मीको ”मैले तिम्लाई चाहेरनै” सार्बजनिक अगावै थियो चर्चा हेर्नुहोस कस्तो बन्यो भिडियो

0
315

काठमाडौँ –

मैले तिम्लाई चाहेरनै सम्झेकोत हैन प्रिया

भुल्दै जाँदा आइरहने तिम्रो यादको कशम ,,,,,,

साँच्चैनै यी सांगीतिक लयमा उनिएका  मिठा शब्दहरुलाइ यति न्याय दिएर गाइएको छकि जुन सुन्दै जाँदा सरिरमा काँडाहरु उम्रँदै जान्छन । लोकप्रिय ब्याक्तित्त्व, गीतकार, टेलिभिजन कार्यक्रम प्रस्तोता, मोडल, म्युजिक भिडियो निर्देशक , संगीत रोयल्टी संकलन समाजका उपादक्ष एबम संगीत ब्यबसायी सुबाश रेग्मीको रचना रहेको यो गीतमा संगीत, चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको रहेको छ। सुन्दा यथार्थपरक सुनिने , मायापिरतिमा आधारित रहेर रचना गरिएको यस गीतलाई उत्तिकै भावमा डुबेर आफ्नो कर्णप्रिय आवाजले सजाएका  छन् लोकप्रिय गायक रामचन्द्र काफ्लेले , जुन गीतको भिडियो आज बिन्दबाशिनी म्युजिक प्रालि को आफ्नै युट्युव च्यानल मार्फत प्रकासित गरिएको छ , गीतको अडियो भने केहि समय अगाडी नै सार्बजनिक गरिएको थियो । यश भिडियोलाई पछिल्लो पुस्ताका प्रिय सम्पादक एबम निर्देशक बिनोद बमले निर्देशन तथा सम्पादन गरेका हुन् ,छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने, अभिनय आफ्नो कुशल अभिनयका कारण धेरै जनमानसको तारिफ पाइरहेका पछिल्लो पुस्ताका लोकप्रिय मोडल सनम कठायत र हिमान्जली बोहराको रहेको छ। रंग संयोजन टेकेन्द्र शाहले गरेका हुन् । भिडियो अत्यन्तै राम्रो बनेको छ, भिडियो रिलिज भए लगत्तै हामीले सनम कठायतलाई सोध्यौँ ”तपाइँ त लोकप्रिय मान्छे , नया निर्देशक संग काम गर्नुभएको छ तपाइलाइ कस्तो अनुभूति भैरहेको छ ?” सरल स्वभावका सनम मुस्कुराउदै भन्छन ”म पनि त नया थिँए कुनै बेलामा मलाइ पुराना निर्देशक हरुले लिनुभयो, अझै पनि सिकिरहेको छु मैले , बास्तवमा भन्नुपर्दा मैले नया निर्देशक संग काम गर्दाखेरी धेरै नया कुराहरु अनुभव गर्न पाएँ  र उहाको सिर्जनसिल क्षमता हरु देख्न पाएँ , मैले यस्तो क्षमता देखेँकि जुन कमै मात्र निर्देशकहरुमा हुन्छ र मैले बिनोद जी को भबिस्य उज्ज्वल देखेको छु ।”

हुनपनि पछिल्लो समयमा विनोदले चाहे सम्पादन क्षेत्रमा होस् चाहे निर्देशनमा, धेरैको तारिफ पाइरहेका छन् , हालै राष्ट्रिय नाचघर जमलमा आयोजित एक अवार्ड कार्यक्रममा बर्षको सर्वोत्कृष्ट सम्पादकको अवार्ड पनि बमले नै जितेका थिए ,

आज भिडियो सार्बजनीक हुने सुचना दिदै बिहानै यस गीतका गीतकार निर्माता एबम संगीत ब्यबसायी सुबास रेग्मीले बरु लगानी डुबोस तर बुष्ट गरेर भ्यु नकिन्ने भन्दै आफ्नो फेसबुकमा पोष्ट सेयर गरेका थिए।

हाम्रो हेराइमा सबै तवरले  गीत राम्रो बनेको छ यसले सफलताको सिखर छुनेमा कुनै दुबिधा देखिदैन झंकार न्युजको तर्फदेखी यस गीत र गीत संग सम्बन्धित सम्पूर्ण व्यक्तित्वहरुलाइ धेरै धेरै सफलताको शुभकामना

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here