जनसम्पर्क समिति क्यानडाको संगठन विभाग प्रमुखमा उपसभापति घिमिरे

0
5

काठमाडौँ- नेपाली जनसम्पर्क समिति क्यानडाले उपसभापति कुशल घिमिरे (पितृराज) को संयोजकत्वमा संगठन विभाग गठन गरेको छ । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्र्क समिति समितिले विधान २० को (क) अनुसार २६ अगष्ट (आज) बाट लागु हुनेगरी सभापति बुद्धि प्रकाश ओलीले उपसभापति घिमिरेको नेतृत्वमा नौ सदस्यीय संगठन विभाग गठन गरेको प्रवक्ता सुशिल भुसाालले विज्ञप्ति मार्फत जनाएका छन् । संगठन विभागको सदस्य सचिवमा बिनोद गुरुङ, सदस्यमा बिपिन पराजुली, नारायण पोखरेल, अमृत वस्ती, हरि सेन्चुरी, दिपक बुढाथोकी, सञ्जय वली, कृष्ण रेग्मी रहेका छन् । तनहुँको शुक्लागण्डकी–१ थप्रेकको कांग्रेस परिवारमा जन्मिएका घिमिरे काठमाडौँको एनआर कलेज काठमाडौँको नेविसंघ इकाइ सभापति, नेविसंघ बेलायको संस्थापक अध्यक्ष हुँदै हाल क्यानडामा जनसम्पर्क समितिको राजनीतिमा सक्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here