उच्चस्तरीय समितिको संरचना तयार गर्न कार्यदलको बैठक बस्दै

0
6

काठमाडौं – सुन प्रकरणबारे उच्चस्तरीय छानविन समिति बनाउन गठित कार्यदलको बैठक आज बस्दैछ । सोमबार राति बसेको दलहरुको बैठकले एमालेका सुवासचन्द्र नेम्बाङ, कांग्रेसका रमेश लेखक र माओवादीका हितराज पाण्डे सम्मिलित कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको आज बिहान ११ बजे बस्ने बैठकले छानविन समितिको कार्यादेश र संरचना टुंगो लगाउने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । उनका अनुसार कार्यदलले बनाएको ड्राफ्टलाई प्रमुख दलमा छलफल गरी मन्त्रिपरिषदबाट अनुमोदन गराउने योजनामा पनि दलहरूबीच सहमति भएको छ ।

उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ । सो छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमालेले अडान कायम राखेर संसद् अवरुद्ध गर्दै आएको थियो ।

गत साउन १० देखि अवरुद्ध संसद् छानबिन समिति गठन गर्न सरकार सहमत भएसँगै आजबाट सुचारु हुनेछ । हिजो बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here