कर्मचारीलाई देउवाको ढाडस: तपाईँहरूको साथमा कांग्रेस छ ढुक्कसँग काम गर्नुहोस्

0
3

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरू स्थायी सरकार भएको बताएका छन् ।
शुक्रबार कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै देउवाले राजनीतिमा आउने जाने चलिरहने भएपनि कर्मचारी स्थायी सरकारकै रुप भएको बताए ।

उनले भने,‘हामी पार्टी आउने–जाने हो । निर्वाचित सरकार एउटा हुन्छ, स्थायी सरकार एउटा हुन्छ । कर्मचारी भनेको स्थायी सरकार हो ।’

देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्नेमा देउवाले जोड दिए । उनले भने ‘देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्छ । निजामती कर्मचारीलाई नेपाली कांग्रेसको साथ सहयोग रहने छ । तपाईहरु काम गर्नुहोस् ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here