उड्नै लागेको विमानमा चरा ठोकिएपछि…

0
6

एजेन्सी- बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोकिएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एअरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोकिएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ ।
यात्रुलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो । त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोकिएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो ।

विमान उड्न केही सेकेन्ड बाँकी हुँदा अकस्मात् रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि क्षति पुगेकाे थियाे । यसअघि गएकाे डिसेम्बरमा पनि यही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोकिएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here