वैदेशिक राेजगारीमा लैजाने भन्दै बङ्लादेशबाट नेपाल ल्याई बन्धक बनाउने गिराेहका ७ जना पक्राउ ।

0
4

काठमाडौं- बङ्लादेशी नागरिकलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका सात जना प्रक्राउ परेका छन् । बङ्लादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्लादेशी र नेपाली गरी सात जनालाई ।

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस्तै कार्यालयले बन्धक बनाइएका छ जना बङ्लादेशी नागरिककाे उद्धारसमेत गरेको छ । गिरोहले वैदेशिक रोजगारीमा लैजाने भन्दै बङ्लादेशबाट नेपाल ल्याई काठमाण्डाैका विभिन्न ठाउँमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो ।

पक्राउ पर्नेहरूमा बङ्लादेशकाे गाजीपुरका ४७ वर्षीय अमिर हुसेन, बङ्लादेशकाे बरिसालका ३७ वर्षीय एमडी मोसिउर, ललितपुरकाे हरिसिद्धि बस्ने बङ्लादेशी नागरिक ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–६ की २७ वर्षीया तारा नेपाली, बङ्लादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम,।

काठमाण्डाैकाे हाडीगाउँ बस्ने बङ्गलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलामकाे चुलाचुली गाउँपालिका–४ की ३३ वर्षीया रोशनी राई रहेका छन् । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका ।

लागि आज आइतवार प्रहरी परिसर काठमाण्डाै पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले जानकारी दिनुभयो । पीडितहरूमध्ये कालीमाटीमा रहेको मेमोरियल गेस्ट हाउसबाट एमडी नाजमुल, एमडी इयासिन, इब्राहिम हुसैन र एमडी अल अमिनलाई उद्धार गरिएको छ । त्यस्तै हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here