५५ लाख बक्यौता तिरेपछि सिम्रिक एयरको उडान प्रतिबन्ध फुकुवा

0
6

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले गत शुक्रबारदेखि सिम्रिकका हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध आइतबारदेखि फुकुवा गरेको हो। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणले सिम्रिक एयरले तिर्नुपर्ने बक्यौता नतिरेको र बैंक तथा वित्तीय संस्थाहरूमा तिर्नुपर्ने दायित्व निकै देखिएकाले उडानमा रोक लगाएको थियो । विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को व्यवस्थाअनुसार सिम्रिक एयरको सम्पूर्ण उडानहरू रोक लगाइएको थियो ।

सिम्रिक एयरले विमानस्थल सेवा शुल्कबापतको बक्यौता प्राधिकरणलाई तिरेसँगै उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको हो । ‘सिम्रिक एयर प्रालीले गत असार ३१ गतेसम्म ५५ लाख १२ हजार ११२ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको थियो । उक्त बक्यौता बापतको सम्पूर्ण रकम आज आइतबार चुक्ता गरेको छ ।

जसले गर्दा उडान प्रतिबन्ध फुकुवा गरेका छौँ’, सूचना अधिकारी भुलले भने । क्याप्टेन रोमश्वर थापाको सिम्रिक एयरका हाल चार वटा हेलिकप्टर रहेका छन् । एउटा सञ्चालनमा रहेको थियो भने अन्य तीन वटा ग्राउण्डेड रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here