कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त

0
7

विराटनगर – कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन्। प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा सुनसरी वराहक्षेत्र नगरपालिका– ३ का कटुवाललाई नियुक्त गरिएको हो।

नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई आजै उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा पद तथा गोपनियताको शपथ गराइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here