प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको विरोधकाबीच पुरानै कार्यसूची

0
7

काठमाडौं- संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पुरानै कार्यसूची तोकिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पटकपटकको अवरोधका संसद बैठक स्थगित हुँदै आएको छ । आज पनि एमालेले बैठक अवरुद्ध गर्ने सम्भावना छ ।

एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने भएपछि अवरोध गरेको थिएन । तर, गृहमन्त्रीले सम्बोधन गर्दा उच्चस्तरीय छानबिन समिति गठन गर्ने आश्वासन नदिएपछि एमालेले तत्कालै संसद अवरुद्ध गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरूको संलग्नता रहेको भन्दै एमालेले १० साउनदेखि संसद चल्न दिएको छैन ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय समिति र गृहमन्त्रीको राजीनामा एमालेको अडान रहेको दोहोर्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here