क्यूआरमा भ्वाइस बक्स प्रविधि ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो

0
7

काठमाडौं- माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको छ । यस्तै, नेपालमा पहिलो पल्ट क्यूआर प्रणालीमा भ्वाइस बक्स (इस्टेन्ट पेमेन्ट नोटिफिकेशन) प्रविधिको नेपाल राष्ट्र बैंक बैंकिङ विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुरु गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ । शुक्रबारदेखि क्यूआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको शुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआरमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएससँगै ध्वनीमार्फत् हुने जानकारी लिन सकिन्छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्यूआरप्रति लोकप्रियता एवं विश्वसनियता अझ बढ्ने बैंकको अपेक्षा छ। यसले भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले जनाएको छ ।

यस सुविधाबाट हजारौं साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिट्टै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ । यस बाहेक फरक फरक माध्यमहरुमार्फत् डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउने बैंकले जनाएको छ ।

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढिरहेको विज्ञप्तीमा उल्लेख छ । हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उदेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएममार्फत् १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here