बाढीले बगाउँदा ट्याक्टर चालक बेपत्ता

0
5

कैलाली- बाजुरा सदरमुकाम मार्तडीको अनाई खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका छन् । से२त ३२२५ नम्बरको ट्याक्टरका चालक कैलालीको जोशीपुर-६ का डुबनारायण चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका छन् । घटना गएराति ११ बजेतिरको हो । बाढी आएको खोला तर्ने क्रममा ट्याक्टर पल्टिएको थियो । त्यसपछि चौधरी बेपत्ता भएका हुन् । (समाचार श्रोत – अनलाइन खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here