सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छः माधव नेपाल

0
6

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई कम्युनिष्टहरूको ।

शत्रु हो भन्ने पारेर पनि सत्तारूढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन आग्रह गरे। ‘घुमिफिरि शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ। त्यसकारण अघि मैले भने व्यवहार सोचे जस्तो हुँदैन। सिद्धान्त सोचे जस्तो हुँदैन। नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ,’ उनले भने।

कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारूढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत बताए। ‘यहाँ कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here