जासुसी गरेको भन्दै रुसले गर्यो आइफोन प्रतिबन्ध गर्ने घोषणा

0
5

मस्को- रुसले आफुहरुमाथी फोनमार्फत जासुसी गरेको भन्दै अमेरीकाद्वारा उत्पादीत आइफोन प्रयोग गर्न प्रतिबन्ध लागाएको छ । आफुहरु माथी निगरानी गरेको दावी गर्दै रूसले सरकारी अधिकारीहरूलाई एप्पल आईफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको हो । मिडिया रिपोर्टहरूका अनुसार रुसको संघीय सुरक्षा सेवा (एफएसएस) ले हजारौं अधिकारीहरूलाई आईफोन र आईप्याडजस्ता एप्पलका अन्य उत्पादनहरू प्रयोग गर्न बन्द गर्न आग्रह गरेको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार जुलाई १७ देखि रुसको व्यापार मन्त्रालयका कर्मचारीहरूले काममा आईफोन प्रयोग गर्न पाउने छैनन्।

गत मार्चमा क्रेमलिनले अधिकारीहरूलाई एप्पलका उत्पादनहरू प्रयोग गर्न बन्द गर्न भनेको थियो । उनीहरुका अनुसार एप्पलका समानहरु अमेरिकी ह्याकिङका लागि प्रयोग हुन सक्छ भन्ने उनीहरुमा डर देखा परेको थियो ।

गत महिना रुसी सरकारले एप्पलमाथि अमेरिकी गुप्तचर निकायसँग काम गरेको आरोप लगाएको थियो । यो दाबीलाई टेक दिग्गजले कडा रूपमा अस्वीकार गरेको छ। एप्पलले कुनै पनि एप्पल उत्पादनका लागि कम्पनीले कुनै पनि सरकारसँग कुनै काम नगरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here