आज साउन महिनाको पहिलो सोमबार, पशुपतिमा दर्शनार्थीको घुइँचो

0
4

काठमाडौं- आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ ।

आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ । शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here