पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

0
7

काठमाडौं- नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपैयाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको जानकारी दिए। इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उनले बताए । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो ।

पर्याप्त भण्डारण स्थल नहुँदा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको अवस्थामा पोखरामा एक करोड लिटर क्षमताका इन्धन भण्डारण ट्याङ्क निर्माण गरिएको निगमले जनाएको छ । १० हजार किलोलिटर क्षमताको दुई वटा भण्डारण गृह थपिएसँगै पोखरामा डिजेल भण्डारण एक महिनालाई पुग्ने ठाकुरले जानकारी दिए। हाल एक सातालाई मात्र डिजेलको भण्डारण रहेको थियो ।

नेपाल आयल निगमले गण्डकी प्रादेशिक कार्यालय मातहतको निगम डिपोमा हाल पाँच सय किलोलिटर पेट्रोल र डिजेल दुई हजार पाँच सय किलोलिटर क्षमताको भण्डारण गृह रहेको थियो ।

निगमको इतिहासमा दुई दशकपछि भण्डारण क्षमता विस्तार भएको छ । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन । इन्धन भण्डारण गृह नहुँदा इन्धन आपूर्तिमा अवरोध हुँदा बजारमा अभाव हुने गरेको थियो । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here