राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

0
10

काठमाडौँ- अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

साथै अदालतले दिनेश खड्कासँग १० लाख र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । खड्का र धिताल वान एक्स बेटको प्रचार गर्न एजेन्टको रुपमा काम गरेका थिए । सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई अदालतको आदेशसँगै छाडिएको छ ।

उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here