लन्च भयो हुन्डाईको सवैभन्दा सस्तो एसयूभी, यस्तो छ मूल्य र विशेषता

0
10

हुन्डाई मोटर इण्डियाले आज आफ्नो सवैभन्दा सस्तो एसयुभी एक्सटर लन्च गरेको छ । शुरुवाती मूल्य ६ लाख भारु निर्धारण गरिएको सो एसयूभीको टप स्पेकलाई ९ लाख ३२ हजार भारु पर्ने जनाइएको छ । हुन्डाईको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा सस्तो मूल्यको एसयूभी भएका कारण एक्सटरलाई निकै चासोका साथ प्रतिक्षा गरिँदै आएको थियो । सो एसयूभी अवको केही समयपछि नेपाली बजारमा समेत आउने हुँदा नेपाली अटो पारखीले समेत यसमा चासो व्यक्त गर्दै आएका छन् । नेपाल आउँदा यसको मूल्य ३० लाख हाराहारीबाट शुरु हुने अनुमान गर्न सकिन्छ ।

एक्स्टरलाई हुन्डाईले यसअघि ग्रान्ड आई १० निओस र औरामा प्रयोग भएको प्लेटफर्मलाई सेयर गरी तयार पारेको हो । एउटै प्लेटफर्मममा तयार भएपनि सो एसयूभीको लुक्स र डिजाइन भने विल्कुलै नयाँ र फरक प्रकारको छ । सेग्मेन्टमै पहिलो पटक सिएनजी पावरट्रेनका साथ आउन लागेको एक्स्टरमा थप केही सेग्मेन्ट फस्र्ट फिचर र वाँकी नयाँ फिचर समेत दिइएको छ ।

एक्स्टरमा कम्पनीले पहिलो पटक सेग्मेन्ट फस्र्ट फिचरका रुपमा सींगल प्यानल सनरुफ दिएको छ । जसलाई भ्वाइस कमान्ड मार्फत संचालन गर्न सकिन्छ । यो सेग्मेन्टमा यसअघि कुनै पनि व्रान्डले यस्तो फिचर दिएको थिएन ।

सनरुफ वाहेक यसमा अर्को सेग्मेनट फस्र्ट फिचरका रुपमा ड्यासक्याम समेत उपलब्ध हुनेछ । आगडीको विन्ड शिल्डमा जडान गरिने सो क्यामेराको साहायताले क्याविन भित्र र वाहिरको दृश्य रेकर्ड गरेर डिस्प्लेमा देखाउनेछ । यसरी रेकर्ड गरिएको भिडियोलाई हेर्न ड्यासवोर्डमा अर्को छुट्टै २.३१ इन्चको एलसीडी डिस्प्ले राखिएको छ । हुन्डाईले यसअघि भेन्यू एनलाईनमा यस्तो फिचर दिएको थियो ।

सानो आकारको एसयूभी भएपनि एक्स्टरलाई हुन्डाईले निकै वोल्ड र वक्सी डिजाइनमा तयार पारेको छ । यसको ग्रील, सी–पील्लर र टेल गेट फिचर हुन्डाईको पारामेट्रिक डिजाइन ल्यांग्वेजबाट प्रेरित रहेको छ । सो एसयूभीमा उपलब्ध हुने स्प्लिट हेडल्याम्प, एलइडी डेटाईम रनिङ ल्याम्प र एच आकारको टेल लाइट निकै आकर्षक देखिएको छ । साथै यसको ह्विल आर्क र डोरमा पर्याप्त क्लाडिङ पाउन सकिन्छ ।

१.२ लिटरको पेट्रोल इन्जिन जडान भएर आएको सो एसयूभीले ८३ एचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पिड म्यानुअल र एएमटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । सो एसयूभीले बजारमा टाटा पन्च, सिट्रोन सी३ र मारुती सुजुकी इग्निस लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here