वीरमा बिहान ८ बजेदेखि ओपिडी

0
7

काठमाडौं- वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन १ गतेदेखि वीर अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको जानकारी दिए । उनले यसबाट बिरामीलाई धेरै राहत हुने बताए। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले उपचार सेवालाई थप सहज बनाउन बिहानको समयमा उपचार सेवा सुरु गर्न लागिएको बताए । वीरमा हाल दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेका छन् । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here