राष्ट्र बैँकले आजदेखि बजारमा पठायो सय रुपैयाँको नयाँ नोट, हेर्नुहोस यस्ता छन् विशेषता

0
34

काठमाडौं- नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट आज (मंगलबार) बाट बजारमा पठाएको छ । बैंकले नयाँ विशेषता सहितको नोट बजारमा पठाएको हो । आकार, प्रकार र रंग भने पहिलेको जस्तै छ । नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र र यसका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।
सय दरका ३ अर्ब बराबरको नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिन्छ ।
नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here