बढ्यो सुनको मूल्य

0
7

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ। शुकबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here