कोशीका मुख्यमन्त्री थापाविरुद्धको मुद्दा हेर्न नभ्याइने

0
6

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिलाई लिएर सर्वोच्चमा परेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ । गत विहीबार थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश सभाका सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरी बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले सर्वोच्चमा वारेसमार्फत रिट दर्ता गराएका थिए । उक्त मुद्दामा प्रारम्भिक सुनुवाईका लागि आज आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

आज सुुनुवाइका लागि पेसी तोकिएको भएपनि संयुक्त इजलासमा रहेका मुद्दाको चाप धेरै भएको हुँदा एकल इजलास बसन नभ्याउने भएको न्यायाधीश भट्टराइृले वकिलहरुलाई जानकारी गराएको एक वकिलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here