चर्चित गीतकार बिपिन किरणको ”प्रत्यूष” सार्बजनिक

0
196

काठमाडौं – नबिर्सेँ तिमिलाई नपाएँ तिमीलाई, बल गरेर त्यो मन यता मोड भन्दिन म लगायत धेरै लोकप्रिय गीतका सर्जक बिपिन किरणको एकल रचनामा रहेको गीति एल्बम ”प्रत्यूष” हिँज अर्थात असौज ६ गते सार्बजनिक गरिएको छ । बिन्दबाशिनी म्युजिक प्रालिको निर्माण तथा प्रस्तुतिमा रहेको उक्त एल्बमलाई पुर्व मन्त्रि एबम बरिष्ट गीतकार एसपी कोइराला , बरिष्ट गीतकार एबम संचारकर्मी डा. नवराज लम्साल, बरिष्ट संगीतकार तथा संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राइ र युवा नेत्री सुनिता बरालको बिशेष उपस्थितिमा नेपाल टेलिभिजन प्लसको लोकप्रिय कार्यक्रम झंकार लाइभ शो मार्फत सार्बजनिक गरिएको हो । सोहि कार्यक्रमका प्रस्तोता थिए विवश राइ ,


कार्यक्रममा उपस्थित सबैले गीतकार किरणलाई एल्बममा समाबेश गीतहरु धेरै राम्रो भएको भन्दै बधाई तथा सफलताको शुभकामना दिएका थिए भने किरणले आफ्नो एल्बम को बारेमा प्रकाश पार्दै , बिन्दबाशिनी म्युजिक संग आफ्नो पहिलेदेखिनै सहकार्य हुँदै आएको र एल्बम प्रकाशन गरिदिएकोमा कम्पनीलाई धन्यबाद समेत दिएका थिए । किरणको यो दशौँ एलबम रहेको बताएका छन् , यस एल्बममा आठ वटा गीत समाबेश गरिएको छ जसमा लक्ष्मण शेष , महेश खड्का र अर्जुन पोख्रेलको संगीत रहेको छ भने गीतलाई राजेश पायल राइ दुर्गा खरेल, युवराज चौलागाईं , जुनु रिजाल काफ्ले , सुमन कुमार श्रेष्ठ र श्रेयासी चेम्जोङ्गले गाएका छन् , महाराज थापा र सचिन सिंह, को संगीत संयोजन रहेको छ ।
एल्बममा समाबेश गीत मध्ये दुइ वटा गीतको भिडियो बनिसकेको गीतकार किरणले जानकारी दिए ।
उनका अनुशार राजेश पायल राइ र दुर्गा खरेलको आवाजमा रहेको बरु संसार र युवराज चौलागाईंको आवाजमा रहेको मनको सुन्दर बोलको गीतको भिडियो निर्माण भएको छ , बरु संसार बोलको गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ ।भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् अभिनय पनि निर्देशक श्रेष्ठ एलिशान श्रेष्ठको रहेको छ जसमा छायंकन अजय रेग्मी र सम्पादन बिनोद बमको रहेको छ, यो भिडियो पनि हिजनै सार्बजनिक गरिएको थियो । यस्तै अर्को ,मनको सुन्दर बोलको गीतलाई पनि निर्देशक श्रेष्ठले नै निर्देशन गरेका छन् यस गी गीतमा लक्ष्मण शेष को संगीत रहेको छ, अनु शाह, प्रविन ठकुरी र दीपक श्रेष्ठ को अभिनय देख्न सकिन्छ भने छायांकन अजय रेग्मी र सम्पादन सुजन शाहीको रहेको छ । यो गीतको भिडियो भने केहि महिना अगाडिनै सार्बजनिक गरिएको थियो ।
यश एल्बम तथा एल्बम संग सम्बन्धित सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई हाम्रो तर्फदेखी धेरै धेरै सफलताको शुभकामना ।

जय गीत जय संगीत


बरु संसार गीतको भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

मनको सुन्दर बोलको गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here