कक्षा ११ को छात्रावृत्ति परीक्षा महानगरले लिने

0
5

काठमाडौं- विद्यालय व्यवस्थापन समीतिले छनोट गर्दै आएको कक्षा ११ को छात्रावृत्ति शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौं महानगरपालिकाले छनोट गर्ने भएको छ। हाल कक्षा ११ को छात्रावृत्ति विद्यालय व्यवस्थापन समितिले छनोट गर्दा पारदर्शी नभएको भन्दै अगामी शैक्षिक सत्रदेखि कक्षा ११ को छात्रावृत्ति छनोट कार्य महानगरपालिका आफैंले गर्न अग्रसरता देखाएको हो।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा सर्वाजनिक भएलगत्तै कक्षा ११को नयाँ भर्नासँगै काठमाडौं महानगरले छात्रावृत्ति परीक्षा सञ्चालन गर्ने तयारी गरेको महानगरपालिकाका सरकारी विद्यालय हेर्ने अधिकृत मोती भट्टराईले बताए। उनले यसअघि विद्यालयले आफैं छात्रावृत्ति छनोट गर्दा पारदर्शी नभएको गुनासा शिक्षा विभागमा धेरै आएकोले अबदेखि छात्रावृत्तिलाई व्यवस्थित र पारदर्शी बनाउने जिम्मेवारी पनि महानगरले लिने उनको भनाइ छ।

महानगरका मेयर बालेन्द्र साह ९बालेन० साहको चासो पनि विद्यालयमा वितरण हुने छात्रावृत्ति लक्षित वर्गसम्म पुर्‍याउने भएकाले साहकै अग्रसरतामा छात्रावृत्ति महानगरले व्यवस्थापन गर्न लागेको हो। काठमाडौं महानगरभित्र कक्षा ११ सञ्चालन हुने सरकारी ३९ वटा र अन्य निजी गरी करिब सयको हाराहारीमा छन्।

काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएअनुसार महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ को विद्यार्थीका लागि वितरण गर्ने छात्रावृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि महानगरले आफैंले सञ्चालन गर्ने महानगरले सबै विद्यालयका नाममा जारी गरेको सूचनामा उल्लेख छ। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here