नेपालले एसीसी इस्ट जोन कपको उपाधि जित्यो

0
5

काठमाडौं- नेपालले एसीसी अण्डर १६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया १४.५ ओभरमा ३१ रन बनाउँदा अलआउट भएको हो । मलेसियाका लागि मुहम्मद अकरमले १० रन बनाउन सके । उनीबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । मलेसियाका ५ जना ब्याटर शुन्य रनमा आउट भए भने १ जना १ रनमा आउट भए ।

नेपालका लागि अभिषेक तिवारीले ५ विकेट लिए । सन्तोष यादवले ३ विकेट लिए । अशोक धामी र सागर गैरेले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले ८९ बलमा सर्बाधिक ११२ रन बनाएइ ।

निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिषेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन अतिरिक्त पायो ।

मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक–एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here