भेटियो १४० बर्ष पहिले हराएको जहाज, इतिहासकारहरुले ठूलो उपलब्धि भएको बताए,

0
153

अमेरिका- अमेरिकाको मिशिगनस्थित उत्तरी समुन्द्रमा १४० वर्ष पुरानो पानी जहाज फेला परेको छ । सो जहाज सन् १८७८ मा बेपत्ता भएको थियो ।
विगत १० वर्षदेखि उक्त जहाजको खोजी कार्य हुँदै आएको गोताखोर तथा समुन्द्र इतिहासकार बर्नी हेलस्ट्रोमले जानकारी दिएका छन् । उनले उक्त जहाज समुन्द्र सतहभन्दा २०० फिट मूनी भेटिएको समेत बताए ।
जहाजको केही भाग मात्रै फेला परेको उनले बताएका छन् । पेशेटिगो र सेन्ट एन्ड्रयूज नाम गरेको जहाजमा बेपत्ता भएको समयमा दुई–दुई जना क्रुका कर्मचारीच रहेका थिए । इतिहासकार हेलस्ट्रोमका अनुसार जहाज खोज्नको लागि उनीहरुलाई थुप्रै गोताखोरको आवश्यता परेको थियो ।
पेशेटिगो जहाज १६१ फिट लामो थियो भने सेन्ट एन्ड्रयूज १४३ फिट लामो थियो । यी दुवै जहाज कोइला ढुवानी गर्नका लागि प्रयोग गरिदै आएको थियो र कुनै ठूलो चट्टानमा ठोकिएको कारण जहाज डुबेको बताइएको थियो ।
यो जहाज भेटिनुलाई अमेरिकाका समुन्द्र इतिहासकारहरुले ठूलो उपलब्धि भएको बताइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here