जितिया पर्वको उपवास बसेको अवस्थामा एक वृद्धाको मृत्यु

0
63

महोत्तरी- महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास (व्रत) बसेको अवस्थामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले जानकारी दिएका छन् ।
यो वर्षको जितिया पर्व लामो अवधिको भएको र लामो समयसम्म पानीसमेत नखाइ व्रत बसेकाले उनको मृत्यु भएको स्थानीय बताउँछन् । जितिया पर्वको समापनअघि कुनै खानेकुरा वा पानी खाएमा व्रत भङ्ग हुने मान्यता रहेको छ ।
यस वर्षको जितिया पर्व शनिबार बिहान ४ बजेदेखि उपवास बसेर आइतबार बेलुका ३ बजे (पारन) अन्न जल खाने कार्यक्रम थियो । मिथिलेश देवी शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी थिइन् । उनलाई खानेकुरा वा पानी खानभन्दा पनि मानेकी थिइनन् ।
तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिन्छ । जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको त्यहास्थित सर्वसाधारण बताउँछन् ।
मृतक वृद्धाको दुई छोरा रहेकोमा एक जना छोरा रोजगारीको क्रममा भैरहवामा र अर्को भारतको राजधानी नयाँदिल्ली बस्दै आएका छन् । आइतबार उनीहरु घर आउन नसकेको र आज उनीहरु आउनासाथ अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here