गीतकार अधिकारि र संगीतकार ”बगरको” एकल शब्द संगीतमा रहेको एल्बम ”अनवरत” सार्बजनिक

0
243

काठमाडौं – बरिष्ट गीतकार , कवि एबम साहित्यकार दिनेश अधिकारीको एकल शब्द रचना तथा राजकुमार बगरको एकल संगीत अनि कमल सौरागको एकल संगीत संयोजनमा सजिएको एल्बम अनवरत सार्बजनिकिकरण गरिएको छ । यहि अशौज ४ गते अर्थात् शनीबारको दिन नेपाल टेलिभिजन प्लस बाट प्रशारित लोकप्रिय कार्यक्रम झंकार लाइभ शो मार्फत एल्बम सार्बजनिकिकरण गरिएको हो। उक्त कार्यक्रममा नेपालि संगीत क्षेत्रका महान हस्तीहरु , बरिष्ट गायक प्रेमध्वज प्रधान, बरिष्ट गीतकार किरण खरेल, बरिष्ट संगीतकार दिपक जंगम, बरिष्ट संगीतकार शक्ति बल्लभ, एबम सोहि एल्बमका गीतकार, गीतकार दिनेश अधिकारी , संगीतकार राजकुमार बगर र गायक रामचन्द्र काफ्ले को उपस्थिति रहेको थियो।


सोहि सार्बजनिकिकारण कार्यक्रममा बोल्दै सम्पूर्ण अथिति हरुले एल्बम लाइ सफलताको शुभकामना दिनुभएको थियो, साथै गीतकार अधिकारी र संगीतकार बगरले एल्बमको बारेमा प्रकाश पार्नुभएको थियो गायक काफ्लेले आफ्नो आवाजमा समाहित गीतको केहि अंस गाउनुभएको थियो । यश एल्बममा ५ वटा गीत र २ ट्रयाक समाहित रहेका छन्। जसलाई रामकृष्ण ढकाल , रामचन्द्र काफ्ले, निशा देशार, राज सिग्देल, प्रबिशा अधिकारि, सिडी बिजय अधिकारी, प्रताप दाश र श्रेयाशी चेम्जोङ्ग ले आफ्नो सुमधुर स्वरले सजाएका छन् ।
एल्बमलाई बिन्दबाशिनी म्युजिक प्रालिले आफ्नो निर्माणमा प्रकाशनमा ल्याएको हो । साथै एल्बममा समाबेश एक गीतको भिडियो समेत सोहि कार्यक्रममै सार्बजनिक गरिएको थियो । भिडियोमा काजिश श्रेष्ठको निर्देशन , प्रकाश खँड्काको छायांकन , निर्देशक श्रेष्ठ , क्रिस्टी पुन श्रेष्ठ र एलिशन श्रेष्ठको अभिनय देख्न सकिन्छ र यसमा कुशलता पुर्वक आफ्नो सम्पादन कला देखाएका छन् म्युजिक भिडियो सम्पादक बिनोद बमले ।
यश एल्बमको बारेमा बिन्दबाशिनी म्युजिक प्रालिकि प्रबन्ध निर्देशक लीना शर्मा शर्मा रेग्मीसंग हामीले बुझ्न खोज्दा आफुहरुले एल्बम प्रचार प्रसारमा कुनै कशुर बाँकि नराख्ने तथा बरिष्ट गीतकार दिनेश अधिकारीसंग सहकार्य गर्न पाउँदा आफुहरु उत्साहित भएको बताउनुभएको थियो ।
यश एल्बम तथा एल्बम संग सम्बन्धित सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई हाम्रो तर्फदेखि पनि धेरै धेरै सफलताको शुभकामना ।।।
यश एल्बममा समाहित गीतको भिडियो तथा एल्बम सार्बजनिकिकरणको भिडियो हेर्नको लागि तल दिएको लिन्कहरुमा क्लिक गर्नुहोला ।।।

गीतको भिडियो
एल्बम सार्बजनिकिकरणको भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here