यी हुन टमाटरका फाइदा

0
4

टमाटरलाई हामीले सलाद तथा तरकारीमा प्रयोग गरेर खाने गर्दछौं । यसको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा दिने गर्दछ । यसको खेती गरी हामीले मनग्य आम्दानी प्राप्त गर्न सक्छौं । टमाटरलाई पकाएर वा काँचै खान सकिन्छ । टमाटरबाट हामीले सौन्दर्य, स्वास्थ्य र आर्थिक लाभ लिन सक्छौं ।
१. १०० ग्राम टमाटरमा १६ क्यालोरी पाइन्छ । यसमा सोडियम, फाइबर, लाईकोपेन एन्टिअक्सिडेन्ट पाइन्छ ।
२. टमाटरमा पाइने भिटाक्यारेटिनले आँखालाई स्वस्थ बनाउछ ।
३. टमाटरको लाइकोपेनले प्रोस्टेड क्यान्सरलाई रोक्छ ।
४. टमाटरमा पाइने फोलिक एसिडले रगतको मात्रा बढाउन मद्दत गर्दछ ।
५. टमाटरमा भिटामिन ‘के-१’ पाइन्छ, जसले रगतलाई पातलो बनाउन मद्दत गर्दछ ।
६. यसमा पाइने फाइबर, एन्टिअक्सिडेन्टले कलेस्टोरल कम गर्न मद्दत गर्छ ।
७. टमाटरले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
८. टमाटरले शरीरको तौल घटाउन मद्दत गर्दछ ।
९. टमाटरले ब्लड प्रेशर, डाइबिटिजको लागि फाइदा गर्दछ ।
१०. टमाटरको भित्री भागको प्रयोगले अनुहारको दाग हटाई छालालाई सफा र चम्किलो बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here